काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । बुधबार घटेर बन्द भएको नेप्से विहीबार भने झिनो अंकले बढेर बन्द भएको छ ।
विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अंकले बढेर २ हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ । सो दिन ३ सय १५ स्क्रिपको ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ८२ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भको छ । आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनीको ७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हिमालयन लघुवित्त, जालपा सामुदायिक लघुवित्त र श्रृजनशील लघुवित्त रहेका छन् । त्यस्तै, स्वाभिमान लघुवित्तको शेयर मुल्य ९.९४ प्रतिशतले बढेको छ भने सीइडीबी हाइड्रोपावरको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ भने ग्लोवल आईएमई लघुवित्तको शेयर मूल्य ९.३ प्रतिशतले बढेको छ ।



