images
images

चार दिनको वृद्धिपछि नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो


  • 395
    SHARES
  • २०८१ जेठ २ गते बुधबार

    चार दिनको वृद्धिपछि नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ९.५४ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिनबाट बढेको नेप्से ४ दिनपछि आज घटेको हो । 

    गत साताको बिहीबार नेप्से ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा बन्द भएको थियो । यस साताको आइतबार ८.२६, सोमबार २४.३९ र मंगलबार २८.६२ विन्दुले बढेर परिसूचक २०२७.५१ विन्दुमा पुगेको थियो । निरन्तर ४ दिनको वृद्धिपछि आज नेप्सेमा गिरावट आएको हो । आज नेप्से परिसूचक  ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका २४५ कम्पनीमध्ये ६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।  १७२ कम्पनीको शेयरमूल्य घट्दा ८ कम्पनीको भने स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहहरुमध्ये आज म्यानुफ्याक्चरिङ एण्ड प्रासेसिङ, म्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्सबाहेक अन्य उपसमूहको सूचक घटेको छ । 

    बुधबार कारोबारमा आएका मध्ये दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा उपकार लघुवित्त र यूनिक नेपाल लघुवित्त रहेका छन् । 

    बुधबार ८४ लाख ९० हजार कित्ता शेयर ३ अर्ब ७० करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब १ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 


    images
    images

    Logo