images
images

लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि


  • 346
    SHARES
  • २०८१ जेठ १ गते मंगलबार

    लगातार चौथो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

    काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । गतसाताको विहीबारदेखि बढेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको छ । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६२ अंकले बढेर २ हजार २७ दशमलव ५१ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ४ अर्ब ८ करोड रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ४० करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका २ सय १९ कम्पनीको शेयर मूल्य बढेको छ । २२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसर िसर्किट लाग्नेमा समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक नेपाल लघुवित्त रहेका छन् । जनउत्थान लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने मानुषि लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo