images
images

बढ्ने क्रमलाई नेप्सेले दियो निरन्तरता, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 315
    SHARES
  • २०८१ बैशाख ३१ गते सोमबार

    बढ्ने क्रमलाई नेप्सेले दियो निरन्तरता, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । सोमबार शेयर बजार बढेको छ । गत साताको विहीबारदेखि बढेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३९ अंकले बढेर १ हजार ९ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ३ अर्ब ४० करोड रुपैयाँ बराबरको लागि ९५ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    सोमबार कारोबारमा आएको १ सय ४८ कम्पनीको शेयर मूल्य बढेको छ । ८५ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ। लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ेनमा नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावर रहेको छ । त्यस्तै, श्रृजनशील लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने हिमालयन उर्जा विकासको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । गुँरास लघुवित्तको शेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ । 
     


    images
    images

    Logo