images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ३ अर्ब १५ करोड


  • 411
    SHARES
  • २०८१ बैशाख ३० गते आइतबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम ३ अर्ब १५ करोड

    काठमाडौं । साताको पहिलो दिन नेप्से बढेर बन्द भएको छ । गत साताको विहीबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अंकले बढेर १ हजार ९ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको विहीबार ३ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आइतबार कारोबारमा आएका १ सय २७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ११ कम्पनीको शेयर मुल्य घटेको छ भने ७  कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक २.४० प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा श्रृजनशील लघुवित्त रहेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ७.५२ प्रतिशतले बढेको छ भने युनाइटेड अजोड इस्योरेन्सको शेयर मुल्य ५.५५ प्रतिशतले बढेको छ भने हिमालयन एभरेष्ट इस्योरेन्सको शेयर मूल्य ५.५५ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo