images
images

सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा


  • 332
    SHARES
  • २०८१ बैशाख ३० गते आइतबार

    सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

    काठमाडाैं । नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ। गत वैशाख २५ गते मंगलबार देखि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई सचेत गराउदै कारोबार फुकुवा गरेको हो ।

    कम्पनीले वैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्र मार्फत प्रतिबद्धता व्यक्त गरेकोले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावलीका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै कारोबार फुकुवा गरेको हो ।

    कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

    कम्पनीले हाल कायम शेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर बीमा प्राधिकरणले उक्त लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले लाभांश रद्द गरेको छ ।


    images
    images

    Logo