images
images

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब १२ करोड


  • 335
    SHARES
  • २०८१ बैशाख २७ गते बिहीबार

    सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब १२ करोड

    काठमाडौं । विहीबार नेप्से बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अंकले बढेर १ हजार ९ सय ६६ दशमलव २३ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएको ३१३ स्क्रिपको ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर कारोबार भएको थियो । 

    आज १ सय १५ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ६.९६ प्रतिशत बढेको छ । अरु उपसमूहहरुको वृद्धिदर भने न्यून रहेको छ। यस दिन जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ओरियन्टल होटलको शेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिटि होटलको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सोल्टी होटलको करिब साढे ७ प्रतिशत बढेको छ। 

     

     


    images
    images

    Logo