काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २३.८ प्रतिशत बोनश बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७० रुपैयाँ ९२ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ८३ रुपैयाँमा भएको थियो ।