images
images

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ५० करोड


  • 370
    SHARES
  • २०८१ बैशाख २६ गते बुधबार

    सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ५० करोड

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १.८० अंकले घटेको छ । मंगलबार २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेको नेप्से आज १.८० अंकले घटेर १९५९.०१ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४३ कम्पनीहरुमध्ये १०८ कम्पनीको शेयरमूल्य बढेको छ । १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । बजारमा रहेका १३ उपसमूहमध्ये आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङ इन्डेक्स बाहेक अन्य उपसमूहको सूचक घटेका छन् । 

    आज समता घरेलु लघुवित्त र इन्फिनिटि लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कुमारी सबल योजनाको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

    बुधबार ५७ लाख ९० हजार कित्ता शेयर २ अर्ब ५० करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको भएको छ । 


    images
    images

    Logo