images
images

सिटिजन्स लाइफ इस्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 351
    SHARES
  • २०८१ बैशाख २५ गते मंगलबार

    सिटिजन्स लाइफ इस्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन्स लाइफ इस्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज मंगलबार देखि नै लागु हुने गरि कम्पनीको शेयर कारोबार अर्को सूचना प्रकाशन नभएसम्मको लागि रोकेको हो । 

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) ( ग ) मा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने भन्ने व्यवस्था रहेको र  कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले उक्त विनियमावलीको विनियम १६(१) मा भएको व्यवस्था अनुरुप कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि कारोबार स्थगन गरिएको नेप्सेले उल्लेख गरेको छ।

    साथै नेप्सेले नेपाल धितोपत्र बोर्डलाई कम्पनीको हकमा के कारवाही गर्ने भन्ने राय माग गरेको छ । बोर्डको पत्र आएपछि कम्पनीबारे थप निर्णय हुने नेप्सेले जनाएको छ।

     सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

    तर बीमा प्राधिकरणले लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको आज  बसेको संचालक समितिको बैठकले लाभांश रद्द गरेको छ । 

     


    images
    images

    Logo