काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अंकले घटेर १ हजार ९ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको २ अर्ब ८९ करोड रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता शेयर किनेबच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएका ६२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७७ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बोटलर्स नेपाल तराईको शेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयर मूल्य ८.५२ प्रतिशतले बढेको छ । त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको शेयर मुल्य ५ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले बढेको छ ।



