images
images

२४ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७९ करोड


  • 312
    SHARES
  • २०८१ बैशाख २३ गते आइतबार

    २४ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७९ करोड

    काठमाडौं । आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५८ अंकले घटेर १ हजार ९ सय ७४ दशमलव ३७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १६ स्क्रिपको ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    आइतबार कारोबारमा आएका ४२ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९६ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन दोल्टी पावर कम्पनीको ९.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन साधना लघुवित्त र समता लघुवित्तको शेयरमूल्य ८.७२ प्रतिशत बढेको छ।

     


    images
    images

    Logo