images
images

सातामा ३३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 361
    SHARES
  • २०८१ बैशाख २२ गते शनिबार

    सातामा ३३ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक (नेप्से) ३३.०३ अंक बढेर १ हजार ९ सय ९८ दशमलव ९६ विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

    यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.८१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता वित्त र लघुवित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता अन्य उपसमूहको परिसूचक ०.४४ प्रतिशत घटेको छ। 

    त्यस्तै, साताको पहिलो दिन आइतबार १४.३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार ०.०७ अंकले बढेर १ हजार ९ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ९२ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार २५.९३ अंकले बढेर २ हजार ६ दशमलव २८ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ७८ करोड  रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार विश्व मजदुर दिवस परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सो दिन शेयर बजार बन्द थियो । 

    यस्तै, साताको अन्तिम दिन विहीबार ७.३१ अंकले घटेर १ हजार ९ सय ९८ दशमलव ९६ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।

     

     


    images
    images

    Logo