images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 347
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर १ हजार ९ सय ९८ दशमलव ९६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ४ अर्ब १३ करोड रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    विहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ७८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ। अघिल्लो दिन सर्वाधिक बढेको विकास बैंक उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.०३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै आइएमई लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकिृट लाग्नेमा समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्तर साधना लघुवित्त रहेका छन् । त्यस्तै, विजय लघुवित्तको शेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ भने आरएसडिसी लघुवित्तको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo