images
images

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने


  • 328
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं ।  नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि गर्न हकप्रद शेयर निष्कासन गर्ने भएको छ। मंगलबार बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ छ। हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्छ।

    कम्पनीले जेठ ४ गते साधारण सभा बोलाएको छ । सोही प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज तोकेको छ। त्यसअघि कायम सेयर धनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

     

     


    images
    images

    Logo