images
images

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल


  • 393
    SHARES
  • २०८१ बैशाख १९ गते बुधबार

    क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । प्रथम वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

    इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।  निष्काशन गर्नको लागि मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।

    उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।

    कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।

     

     


    images
    images

    Logo