images
images

२५ अंकले बढ्यो नेप्से, परिसुचक पुन : २ हजार विन्दुभन्दा माथि


  • 296
    SHARES
  • २०८१ बैशाख १८ गते मंगलबार

    २५ अंकले बढ्यो नेप्से, परिसुचक पुन : २ हजार विन्दुभन्दा माथि

    काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर २ हजार विन्दुभन्दा माथि बन्द भएको छ।  पछिल्लो ८ कारोबारका दिन देखि २ हजार विन्दु भन्दा तल रहेको नेप्से , आज २ हजार भन्दा माथि बन्द भएको छ । 

    मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.९३ अंकले बढेर २ हजार ६ दशमलव २८ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर किनबेच भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार २ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका २ सय १५ कम्पनीको शेयर मूल्य बढेको छ । २६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनकिो शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको हो।

    आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार एक कम्पनीको हेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेम कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ भने इन्फिनिटी लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको शेयर मुल्य ७.६२ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo