images
images

नेप्से करिब स्थिर, १२८ कम्पनीको शेयर मूल्य घट्दा २ अर्ब ९५ करोडको कारोबार


  • 342
    SHARES
  • २०८१ बैशाख १७ गते सोमबार

    नेप्से करिब स्थिर, १२८ कम्पनीको शेयर मूल्य घट्दा २ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ।  दिनभरीको उतारचढावपश्चात अन्तिम समयमा नेप्से झिनो अंकले सकारात्मक भएर बन्द भएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अंकले बढेर १ हजार ९ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको २ अर्ब ९५ करोड रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर कनिबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार २ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन नेप्से झिनो अंकले सकारात्मक भएपनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक नकारात्मक रहेको छ।

    सोमबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २८ कम्पनीको शेयर मुल्य घटेको छ भने १७ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा पोखरा फाइनान्स र जानकी फाइनान्स रहेका छन् । त्यस्तै, नेपाल फाइनान्सको ९.९८ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तले ७.६१ प्रतिशतले बढेको छ ।  

     


    images
    images

    Logo