images
images

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ६८ करोड


  • 385
    SHARES
  • २०८१ बैशाख १६ गते आइतबार

    १४ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ६८ करोड

    काठमाडौं । आइतबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.२४ अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत साताको विहीबार २ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आइतबार कारोबारमा आएका १ सय ८० कम्पनीको शेयर मूल्य बढेको छ । ५५ कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.३४ प्रतिशत घटेको हो।

    आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार पोखरा फाइनान्सको शेयर मुल्य ९.८४ प्रतिशतले बढेको छ । प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ७.६२ प्रतिशतले बढेको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य ६.८० प्रतिशतले बढेको छ भने वेष्ट फाइनान्सको शेयर मुल्य ६.७८ प्रतिशतले बढेको छ । 

     

     

     


    images
    images

    Logo