images
images

नेप्सेसँगै कारोबार रकम पनि घट्यो


  • 389
    SHARES
  • २०८१ बैशाख १३ गते बिहीबार

    नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । बुधबार झिनो अंकले बढेर बन्द भएको नेप्से आज घटेर बन्द भएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२४ अंकले घटेर १ हजार ९ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर कनिबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार २ अर्व ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ८८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य सिथर छ । 

    बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

    कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स पावरको साढे ८ करोडको शेयर किनबेच भएको छ।

    त्यस्तै, मल्टीपर्पस फाइनान्सको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । पोखरा फाइनान्सको ८.५ प्रतिशतले शेयर मुल्य बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ६.७९ प्रतिशत बढेको छ। 


    images
    images

    Logo