काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । पाँच कारोबार दिनको निरन्तर गिरावट पछि आइतबार देखिएको वृद्धि एक दिन पनि टिक्न सकेन। अर्थात सोमबार नेप्से परिसूचक पुनः घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४१ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव २ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय २० स्क्रिपको २ अर्ब ५ करोड रुपैयाँ ५६ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ४९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८६ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०२ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.२० प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार पिपुल्स पावर कम्पनीको शेयर मूल्य ६.९१ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ।



