images
images

आजबाट अरुण भ्याली हाइड्रोपावरले बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दै


  • 386
    SHARES
  • २०८१ बैशाख १० गते सोमबार

    आजबाट अरुण भ्याली हाइड्रोपावरले बोलकबोल मार्फत हकप्रद शेयर विक्री गर्दै

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले आज (बैशाख १० गते) देखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

    कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा बैशाख २४ गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo