images
images

१२ लाख कित्ता आईपीओ जारी गर्दै ह्वाइट लोटस पावर लिमिटेड


  • 440
    SHARES
  • २०८१ बैशाख ९ गते आइतबार

    १२ लाख कित्ता आईपीओ जारी गर्दै ह्वाइट लोटस पावर लिमिटेड

    काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँ दरका १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । 

    आयोजनाबाट प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आईपीओ निष्काशन तथा विक्रि गर्नको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशी ले हस्ताक्षर गरे ।  

    ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


    images
    images

    Logo