images
images

सातामा ५३ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 338
    SHARES
  • २०८१ बैशाख ८ गते शनिबार

    सातामा ५३ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ५३.१६ अंक घटेर १ हजार ९ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये सबै दिन नेप्से नकारात्मक भएर बन्द भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १२ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८५ अर्ब घटेर ३१ खर्ब २७ अर्बमा झरेको छ।

    यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.०४ प्रतिशत घटेको छ।
     
    साताको पहिलो आइतबार २.३५ अंकले घटेर २ हजार २३ दशमलव ३५ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार १६.८२ अंकले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार १४.८१ अंकले घटेर १ हजार ९ सय ९१ दशमलव ७१ विन्दुमा पुगेको छ । सो दिन  २ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने बुधबार रामनवमी परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सो दिन शेयर बजार बन्द थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार १९.५६ अंकले घटेर १ हजार ९ सय ७२ दशमलव १४ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    सूचक १९ सयको लाइनमा आउँदा कारोबार रकम भने थप सुस्त भएको छ । लगानीकर्ताहरुले न्यून कारोबार गरेकाले खरिदबिक्री रकम पनि कम भएको हो । यस्तै, बजार निरन्तर घट्दा सेयर मूल्य निकै सस्तो भएको छ । सस्तो भाउमा बेच्नेहरु कम भएकाले पनि खरिदबिक्री रकम प्रभावित भएको हुन सक्छ । 

    सेयर बजारमा मुलुकको समग्र अर्थतन्त्रको प्रभाव पनि परेको अनुमान छ । आन्तरिक अर्थतन्त्र निकै सुस्त छ । अधिकांश व्यापार, व्यवसायले गति लिन सकेको छैन । अर्थतन्त्रका बाह्य सूचकहरु सबल बन्दै गए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । 

     


    images
    images

    Logo