काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् ।
प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ३७ रुपैयाँ ४७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ७२ रुपैयाँ ५० पैसामा भएको थियो ।
त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ५७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ४ रुपैयाँ ७० पैसामा भएको थियो ।