काठमाडौं । साताको अन्तिम अथात् विहीबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो पाँचदिनमा नेप्से सूचक ६३.८७ अंकले घटिसकेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.५६ अंकले घटेर १ हजार ९ सय ७२ दशमलव १४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५३ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि १.४६ प्रतिशतले घटेको छ।
विहीबार कारोबारमा आएका २७ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ११ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको १० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयर मुल्य ७.९४ प्रतिशतले बढेको छ । पोखरा फाइनान्सको शेयर मूल्य ६ प्रतिशत ले बढेको छ ।



