images
images

१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो


  • 327
    SHARES
  • २०८१ बैशाख ४ गते मंगलबार

    १४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) १४.८१ अंकले घटेर १ हजार ९ सय ९१ दशमलव ७१ विन्दुमा पुुगेर बन्द भएको छ । 

    मंगलबार कारोबारमा आएका ३ सय १२ स्क्रिपको २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको थियो । 

    आज कारोबारमा आएका ४२ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। गोर्खाज फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । । सिभिल बैंक डिबेञ्चर २०८८ को शेयर मूल्य ८ प्रतिशतले शेयर मूल्य बढेको छ । 


    images
    images

    Logo