काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको विहीबारदेखि घटेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.८२ अंकले घटेर २ हजार ६ दशमलव ५२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्बमाथि शेयर कारोबार भएको थियो । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभनदा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



