images
images

नयाँ बर्षको पहिलो दिन सामान्य अंकले घटेर बन्द भयो नेप्से


  • 309
    SHARES
  • २०८१ बैशाख २ गते आइतबार

    नयाँ बर्षको पहिलो दिन सामान्य अंकले घटेर बन्द भयो नेप्से

    काठमाडौं । नयाँ बर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अंकले बढेर २ हजार २३ दशमलव ३५ विन्दुमा पुगेको छ ।  आज ३ सय २० स्क्रिपको ३ अर्ब ६ करोड रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर कारोबार भएको थियो । आइतबार १ सय २७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

    आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्स कम्पनीको ११ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको १० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा श्रृजनशील लघुवित्त रहेको छ । एनआइसी एशिया लघुवित्तको शेयरमुल्य ९.७२ प्रतिशतले बढेको छ । त्यस्तै, दोल्ती पावर कम्पनीको शेयर मूल्य ९.३५ प्रतिशतले बढेको छ भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo