images
images

९ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १४ करोड


  • 367
    SHARES
  • २०८० चैत्र २७ गते मंगलबार

    ९ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १४ करोड

    काठमाडौं । शेयर बजार बढेर बन्द भएको छ । आइतबारदेखि नै बढ्न थालेको बजारले मंगलबार पनि निरन्तरता पाएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेर २ हजार ३६ दशमलव १ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ४ अर्ब १४ करोड रुपैयाँ बराबरको ९७ लाख ८९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार पनि फाइनान्स उपमूहमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ भने त्यसबाहेक अन्य उपसमूह र इन्स्योरेन्स समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक छन्।

    आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड माथिको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    मंगलबार नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य सर्किट लागेको छ । 

     


    images
    images

    Logo