images
images

सातामा ३१ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 318
    SHARES
  • २०८० चैत्र २४ गते शनिबार

    सातामा ३१ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३१.५९ अंक घटेर २ हजार ४ दशमलव ०५ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ५ कारोबार दिन नेप्से घटेको थियो । 

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ७७ अर्बमा झरेको छ।

    १३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४।.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२९ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।.

    साताको पहिलो आइतबार १७.३० अंकले घटेर २ हजार १८ दशमलव ३३ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार ६.२६ अंकले घटेर २ हजार १२ दशमलव ७ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ७९ करोड बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार १.८५ अंकले घटेर २ हजार १० दशमलव २१ विन्दु पुगेको थियो । सो दिन २ अर्ब १९ करोड रुपौयँबराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  त्यस्तै, साताको अन्तिम दिन विहीबार २.७३ अंकले घटेर २ हजार ४ दशमलव ५ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब १ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता तीन कम्पनीको कुल २ करोड ६३ लाख १६ हजार ७ सय २२कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

    यस साता नेप्सेमा त्रैमास अन्त्यको प्रभाव देखिएको हो। लगानीकर्ताहरूले ब्याज रकम जोहो गर्न शेयर बिक्री गर्दा यस साता सूचकमा दबाब परेको हो।


    images
    images

    Logo