images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८७ करोड


  • 429
    SHARES
  • २०८० चैत्र १९ गते सोमबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब ८७ करोड

    काठमाडौं । नेप्सेले सोमबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  ६.२६ अंकले घटेर २ हजार १२ दशमलव ७ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको २ अर्ब ८७ करोड रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो। घटेका उपसमूहको गिरावट दर यस दिन १ प्रतिशतभन्दा कम रहेको छ।

    आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको ११ करोडमाथिको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त वित्तीय संस्था र माइखोला हाइड्रोपावर रहेका छन् । त्यस्तै, महुली लघुवित्तको शेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ । तारागाउँ रेजेन्सीको शेयर मूल्य ७ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo