images
images

१७ अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट


  • 407
    SHARES
  • २०८० चैत्र १८ गते आइतबार

    १७ अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट

    काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) घटेको छ । साताको पहिलो दिन नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४५ कम्पनीहरुमध्ये ६३ वटाको शेयरमूल्य बढेको, १७२ कम्पनीको घटेको र १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बजारमा रहेका १३ उपसूचकहरुमध्ये आज निर्जिवन बिमा बाहेक अन्य सबै उपसूचक घटेका छन् ।

    मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विगत केही दिनदेखि निरन्तर सकारात्मक सर्किट लागेको सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । 

    आइतबार ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबर रकममा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सर्वोत्तम सिमेन्टको भएको छ ।


    images
    images

    Logo