images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम


  • 349
    SHARES
  • २०८० चैत्र १५ गते बिहीबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम

    काठमाडौं । विहीबार शेयर बजार बढेर बन्द भएको छ । घिल्लो कारोबार दिन करिब ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अंकले बढेर २ हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १३ स्क्रिपको २ अर्ब ६५ करोड रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार कारोबारमा आएका १ सय २० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

    बिहीबार १३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि नेप्से सामान्य अंक बढ्न पुगेको हो। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै सर्वोत्तमको सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड १९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हिमालयन उर्जा विकास रहेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको शेयरमुल्य ८.७३ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo