काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस कम्पनीले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न बोर्डको स्वीकृति मागेको हो ।
कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।
१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।