images
images

१० अंकले घट्यो सुनको मूल्य, परिसुचक २०३०.८६ विन्दुमा


  • 347
    SHARES
  • २०८० चैत्र १४ गते बुधबार

    १० अंकले घट्यो सुनको मूल्य, परिसुचक २०३०.८६ विन्दुमा

    काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १०.१४ अंक बढेको नेप्से, यस दिन पुनः ओरालो लागेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८३ अंकले बढेर २ हजार ३० दशमलव ८६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको २ अर्ब २३ करोड रुपैयाँ बराबरको ६० लाख ४७ हजार कित्ता शेयर किनवेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो अथात् मंगलबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    बुधबार ५१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापूर मिनरल्सको ७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सर्वोत्तम सिमेन्ट रहेका छन् । हिमालयन ८० २० को शेयर मुल्य ९.९३ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo