काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अंकले बढेर २ हजार ४१ दशमलव ७० विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १० स्क्रिपको २ अर्ब ३५ करोड रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर किनेबच भएको छ ।
मंगलबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आज कारोबारमा आएका १ सय ६८ कम्पनीको शेयर मूल्य बढेको छ । ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनकिो शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको ८ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार दुई कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्ट रहेका छन् । त्यस्तै, विन नेपाल लघुवित्तको शेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ ।



