images
images

मैलुङ खोला जलविद्युतको शेयर कारोबार फुकुवा


  • 417
    SHARES
  • २०८० चैत्र १२ गते सोमबार

    मैलुङ खोला जलविद्युतको शेयर कारोबार फुकुवा

    काठमाडौं । मैलुङ खोला जलविद्युतको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को चैत १२ गतेको निर्णय अनुसार सो जलविद्युतको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । 

    जलविद्युतले गत आर्थिक बर्ष २०७९/८० को लाभांश सम्वन्धी सुचना ढिला गरी पठाएको भन्र्दै नेप्सेले गत चैत ८ गते गतेको निर्णयबाट मैलुङ खोला जलविद्युतको शेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

    नेप्सेले जलविद्युतलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

    जलविद्युतले गत आर्थिक बर्षको मुनाफाबाट २.२२११ प्रतिशत बोनस शेयर र  सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । प्रास्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरी शेयरधनीहरुलाई वितरण गर्नेछ ।

    1711361568998.jpg


    images
    images

    Logo