काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले साढे ९८ अर्ब कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ कम्पनीहरुले फागनुसम्ममा १ करोड ३७ लाख ८० हजार रुपैयाँको बीमा पोलिसी विक्री गरी ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
फागुन महिनासम्म सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा यस कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एलआइसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।
त्यसैगरी सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । मेट लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । आइएमई लाइफले २ अर्ब ८२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।




