काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंक ऋण भुक्तानी गर्नका लागी हाल कायम रहेको पुँजी बराबरको हकप्रद जारी गर्न नियामक विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएर आगामी साधारण सभामा पेश गर्ने निर्णय बैठकले गरेको छ ।
हाल रिभर फल्स पावरको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।