काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३७ अंकले बढेर २ हजार ४८ दशमलव ५७ विन्दुमा पुगेको छ । विहीबार कारोबारमा आएका ३ सय १५ स्क्रिपको ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार ४८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।
बिहीबार व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक शेयर किनबेच भएको छ । बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा धौलागिरी लघुवित्त रहेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशतले बढेको छ भने किसान लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकले ९.२३ प्रतिशतले बढेको छ ।



