काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३.३४ अंकले घटेको छ । मंगलबार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा पुगेको नेप्से आज थप ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये ९४ वटाको शेयरमूल्य बढेको छ । १४७ कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रडिङ इन्डेक्स बाहेक अन्य उपसमूहको सूचक घटेका छन् ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा गोर्खा फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट रहेका छन् ।
बुधबार ९४ लाख ४५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोनापुर मिनरल्सको भएको छ ।



