images
images

१ अर्ब ९१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 308
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    १ अर्ब ९१ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, ख वर्गका विकास बैंकहरुमा २८ करोड ६६ लाख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत ८ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिन अवधिको हुनेछ । 


    images
    images

    Logo