images
images

६.२४ अंकले घट्यो नेप्से, सर्वोत्तम सहित तीन कम्पनीको मूल्यमा सर्किट


  • 323
    SHARES
  • २०८० चैत्र ६ गते मंगलबार

    ६.२४ अंकले घट्यो नेप्से, सर्वोत्तम सहित तीन कम्पनीको मूल्यमा सर्किट

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञज परिसूचक (नेप्से) ६.२४ अंकले घटेको छ । सोमबार ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको नेप्से आज घटेर २०६७.२९ विन्दुमा पुगेको हो । 

    आज कारोबारमा आएका २४३ कम्पनीमध्ये १०४ वटाको शेयरमूल्य बढेको छ । १२८ कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये आज फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स बाहेक अन्य उपसमूहको सूचक घटेका छन् । 

    आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आजै मात्र कारोबारमा आएको  सर्वोत्तम सिमेन्ट, बुद्धभूमि हाइड्रोपावर र धौलागिरी लघुवित्त रहेका छन् । 

    मंगलबार ९४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब ६३ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट भएको छ । सर्वोत्तम सिमेन्ट धेरै कारोबार भएका कम्पनीको दोस्रो स्थानमा परेको छ । 


    images
    images

    Logo