images
images

सातामा ५० अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 400
    SHARES
  • २०८० चैत्र ३ गते शनिबार

    सातामा ५० अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक (नेप्से) ५०.३२ अंक बढेर २ हजार ८० दशमलव ८७ विन्दुमा पुगेको छ। गत साता नयाँ अर्थमन्त्रीको नियुक्तिसँगै बढ्न थालेको बजारले यस साताको पहिलो दुई कारोबार दिन पनि निरन्तरता दिएको थियो। यद्यपि, बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस साताको अन्तिम दुई कारोबार दिन भने नेप्सेमा करेक्सन भएको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.४८ प्रतिशत अर्थात ७९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

    १३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक भने ०.८५ प्रतिशत घटेको छ।

    साताको पहिलो दिन आइतबार २२.१० अंकले बढेर २ हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ग्लाल्पो ल्होसार परेकोले सरकारले सार्वजनिक विदा दिएको थियो । सो दिन शेयर बजार बन्द थियो । 

    मंगलबार ५८.५५ अंकले बढेर २ हजार १ सय ११ दशमलव २१ विन्दमा पुगेको छ । सो दिन ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार २.४८ अंकले घटेर २ हजार १ सय ८ दशमलव ७२ विन्द्युमा पुगेको थियो । सो दिन ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै साताको अन्तिम दिन विहीबार २७.८४ अंकले घटेर २ हजार ८० दशमलव ८७ विन्दुमा पुगेको छ । सो दिन ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता ५ कम्पनीको कुल ११ करोड ८० लाख ५६ हजार ५ सय ७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त, नेपाल एसबिआई बैंक र लुम्बिनी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको हो।


    images
    images

    Logo