काठमाडौं । रु रु जलविद्युत् परियोजनाको ‘लक इन’ अवधि आगामी वैशाख ३ गते सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लक इन अवधि वैशाख ३ गते सकिने भएको हो ।
कम्पनीको संस्थापक समूहको ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको ४ लाख ८९ हजार २ सय ४५ कित्ता शेयर, र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयर बाँडफाँट गरिएको छ । यो अवधि सकिएसँगै लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् ।
कम्पनीको आईपीओ २०७८ वैशाख ३ गते बाडफाँड भएको थियो ।