images
images

हाथवे इन्भेष्टमेण्ट नेपालको ‘लक इन’ अवधि आज समाप्त हुँदै


  • 336
    SHARES
  • २०८० चैत्र १ गते बिहीबार

    हाथवे इन्भेष्टमेण्ट नेपालको ‘लक इन’ अवधि आज समाप्त हुँदै

    काठमाडाैं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ‘लक इन’ अवधि आज पश्चात समाप्त हुने भएको छ। कम्पनीको ३६ हजार ५ सय १२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो।

    त्यसैगरी, यसै महिनामा अन्य ३ कम्पनीहरुको पनि ‘लक इन’ अवधि सकिँदैछ। यस महिनामा सिंगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुर मिनरल्स एण्ड आयलको ‘लक इन’ अवधि सकिने भएको हो । 

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘लक इन’ अविध चैत २० गते सकिँदैछ। कम्पनीको कुल १ करोड ४२ लाख ६६ हजार ३ सय २३ कित्ता शेयर ‘लक इन’ मा छ। जसमध्ये १ करोड १ लाख ७५ हजार ९ सय ७९ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने ३७ लाख ९१ हजार ५१ कित्ता शेयर संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर रहेको छ। बाँकी २ लाख ९९ हजार २ सय ९३ कित्ता भने कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर रहेको छ।

    त्यस्तै, सोनापुर मिनरल्स ले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको शेयरको ‘लक इन’ अवधि चैत २३ गतेपश्चात सकिनेछ। कम्पनीले सामूहिक लगानी कोषहरुसँग कम्पनीको ४ लाख २ हजार १९ कित्ता साधारण शेयर छ।

    सिंगटी हाइड्रोको ‘लक इन’ अवधि चैत २६ गतेपश्चात सकिने भएको छ। कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको १४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको ५८ हजार कित्ता शेयर ‘लक इन’ मा छ।

    ‘लक इन’ अवधि समाप्त भएपश्चात यी कम्पनीहरुको सो शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।

     


    images
    images

    Logo