काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४८ अंकले घटेर २ हजार १ सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको ४ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १४ कम्पनीको शेयर मुल्य घटेको छ भने १४ कम्पनीको शेयरमुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोनापुर मिनरल्सको २० करोड ६९ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विन नेपाल लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने उन्नति सहकारी लघुवित्तको ९.५८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ९.२२ प्रतिशत र समाज लघुवित्तको ९.३ प्रतिशतले शेयर मूल्य बढेको छ ।



