images
images

नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु, शेयर कारोबार रोक्का


  • 361
    SHARES
  • २०८० फाल्गुण ३० गते बुधबार

    नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु, शेयर कारोबार रोक्का

    काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो । 

    दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । गत वैशाख १० गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले १ः१ अनुपातको समान सेयर स्वाप रेसियो मर्जर हुने प्रस्ताव पारित भएको थियो । धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुई संस्थाबीच २०७९ पुस ११ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

    यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ । 

    यी दुई लघुवित्तको शेयर कारोबार पनि रोक्का भएको छ । र्जर प्रयोजनका लागि सेयर स्वाप रेसियो मिलान, लगायतका कामका लागि दुबै लघुवित्तको सेयर कारोबार कम्तिमा १५ दिनका लागि स्थगन गरिएको हो ।

     


    images
    images

    Logo