images
images

नेरुडे र मिर्मिरे लघुवित्तको भोलीदेखि शेयर कारोबार रोक्का


  • 464
    SHARES
  • २०८० फाल्गुण २९ गते मंगलबार

    नेरुडे र मिर्मिरे लघुवित्तको भोलीदेखि शेयर कारोबार रोक्का

    काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबार (फागुन ३० गते)देखि रोक्का हुने भएको छ । मंगलबारको कारोबारपछि मिर्मिरे र नेरुडे लघुवित्तको शेयर कारोबार स्थगन गरिएको हो ।

    दुई लघुवित्तबीच मर्जर सम्पन्न भएर भोलि फागुन ३० गते बुधबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ । मर्जर प्रयोजनका लागि सेयर स्वाप रेसियो मिलान, लगायतका कामका लागि दुबै लघुवित्तको सेयर कारोबार कम्तिमा १५ दिनका लागि स्थगन गरिएको हो ।

    राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेका दुई कम्पनीहरू एक आपसमा मर्ज भएर फागुन ३० गते बुधबारदेखि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो । मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा र नेरुडे लघुवित्तको मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको छ ।

    गत वैशाख १० गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले १ः१ अनुपातको समान सेयर स्वाप रेसियो मर्जर हुने प्रस्ताव पारित भएको थियो । धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुई संस्थाबीच २०७९ पुस ११ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


    images
    images

    Logo